१० जीवन बीमा कम्पनीको नाफा साढे ९४ करोडभन्दा बढी, कसले कति कमाए ?

१० जीवन बीमा कम्पनीको नाफा साढे ९४ करोडभन्दा बढी, कसले कति कमाए ?


बैकिङ्ग समाचार । 

चालु  आर्थिक वर्षको नौं महिनासम्ममा नयाँ दश जीवन बीमा कम्पनीहरूको नाफा कुल ९४ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिमा सोही बीमा कम्पनीहरू ८८ करोड ४७ लाख कमाएका थिए । गत वर्षभन्दा यस वर्ष यी कम्पनीहरुको नाफा औषतमा ७ प्रतिशत वृद्धि भएको हो ।

सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेका यी कम्पनीहरुमध्य सन नेपाल लाइफ र युनियन लाइफको गत वर्षभन्दा यस वर्ष नाफा घटेको छ ।

आम्दानी घटेसँगै दुबै कम्पनीको नाफामा कमी आएको हो । गत वर्ष १० करोड ४ लाख खुद नाफा गरेको सन नेपाल लाइफको नाफा यस वर्ष ७ करोड ३३ लाखमा खुम्चिएको छ । गत वर्ष १२ करोड ४१ लाख आम्दानी गरेको सन नेपाल लाइफले यस वर्ष १० करोड १५ लाख गरेको हो ।

गत वर्ष १० करोड ८० लाख खुद नाफा गरेको युनियन लाइफले यस वर्ष  ८ करोड ९२ लाखमात्र गरेको हो । युनियनले गत वर्ष रू.१५ करोड ७४ लाख आम्दानी गरेको थियो भने यस वर्ष रू. १५ करोड ४७ लाख मात्र गरेको छ ।

सबैभन्दा बढी नाफा यस वर्ष रिलायबल नेपालको रहेको छ । रिलायबलले गत वर्षभन्दा यस वर्ष ८.३० प्रतिशतले बढी  १६ करोड १७ लाख खुद नाफा गरेको हो ।

\"\"