दसैंमा पनि वर्षाको सम्भावना


काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताए ।

‘यसपटक मनसुन बाहिरिने समय र दसैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भने, ‘तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’