काठमाडौं – झ्याप्ले खोलाको पहिरोमा ज्यान गुमाएका गोरखाका दुई परिवारलाई जिल्ला प्रशसन कार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ।
यही असोज ११ गते राति गोरखाको लापुबेँसीबाट काठमाडौं जाँदै गरेको ना ४ ख २२७० नको बस पहिरोमा पुरिँदा मृत्यु भएका दुईजनाको परिवारलाई आइतबार घरमा पुगेर राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। पीडित परिवारलाई प्रतिमृतक रु दुई लाख ५० हजारका दरले राहत सहयोग उपलब्ध गराइएको उनले बताए।
पहिरोमा ज्यान गुमाएका बसका चालक भीमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार दमाइँ र गण्डकी गाउँपालिका–४ का नवराज तिवारीको परिवारलाई राहत प्रदान गरिएको छ, प्रजिअ दाहालले भने। उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको हो।






About Us
प्रतिक्रिया