काठमाडौं – साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो ।
प्रसाईंलाई साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको थियो । प्रसाईं असोज ६ गते पक्राउ परेका थिए ।
अदालतको आदेशसँगै आजै १ लाख रुपैयाँ धरौंटी बुझाएर प्रसाईँ छुटेका छन् ।
प्रतिक्रिया