नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा नेपाल वेयर हाउजिङमा लगानी

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल वेयरहाउजिङ कम्पनीसँग सेयर लगानी सम्झौता गरेको छ । कम्पनीको नामको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता साधारण सेयर खरिद गर्ने सम्झौता भएको हो ।

सेयर लगानी सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयरहाउजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका हुन् ।
यो रकम नेपाल वेयरहाउजिङ कम्पनीको कूल जारी पुँजी ६८ करोड ७५ लाखको ७.२७ प्रतिशत हो ।

कम्पनीले कूल जारी पुँजीको ८० प्रतिशतले हुन आउने रकम ५५ करोड बराबरको ५५ लाख कित्ता साधारण सेयर विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्तालाई बिक्री गरेको छ भने बाँकी २० प्रतिशतले हुन आउने रकम १३ करोड ७५ लाख बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत नियामक निकायको स्वीकृतिमा सर्वसाधारणलाई बिक्री गर्ने लक्ष्य राखेको जनाएको छ ।