जेनजी भर्सेज दलीय विद्यार्थी संगठनः ओली, लेखक र दुवाडी पक्राउ गर्ने अभियानपछि प्रतिरोधमा दल 


काठमाडौं – जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले चलाएको गोलीबाट ठुलो संख्यामा प्रदर्शनकारी मारिएको घटनापछि आन्दोलनकारीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारसमक्ष दबाब बढाएका छन् । भ्रष्टाचारविरुद्ध देशभर फैलिएको ‘जेनजी आन्दोलन’ले जनस्तरमा व्यापक समर्थन पाइरहेको बेला प्रहरी गोली काण्डले राजनीतिक संकटको रूप लिएको आन्दोलनकारीहरूको दाबी छ । उनीहरूले ओली र लेखकसँगै तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीमाथि पनि कडा कारबाहीको माग गरेका छन् ।

सोमबारदेखि जेनजी समूहले सामाजिक सञ्जालमा ‘#एरेस्टओली #एरेस्टरमेशलेखक’ अभियान सुरु गरेपछि केही घण्टामै ह्यासट्याग भाइरल बनेको थियो। त्यसको प्रतिवादमा अनेरास्ववियुका नेताहरूले प्रतिरोधमा ‘#एरेस्टबालेन #एरेस्टसुदनगुरुङ’ अभियान सुरु गरेका छन् । 

सोमबार जेनजी समूहका अगुवा सुदन गुरुङको नेतृत्वमा एक प्रतिनिधि टोलीले काठमाडौं प्रहरी परिसर पुगेर ओली र लेखकविरुद्धको जाहेरी दर्ता गर्न दबाब दिएको थियो । प्रहरी परिसरले जाहेरी लिएर उक्त मुद्दा जाँचबुझका लागि गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको छ ।

त्यसैबीच नेकपा (एमाले) निकट अनेरास्ववियु पनि जेनजी आन्दोलनविरुद्ध आक्रामक बनेको छ । अनेरास्ववियुको टोलीले आन्दोलनका क्रममा सरकारी संरचना तोडफोड भएको दाबी गर्दै जेनजीका संयोजक सुदन गुरुङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दर्ता गर्न मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको हो ।

पूर्वअध्यक्ष समिक बडाल र महासचिव दीपक धामीसहितको टोलीले उजुरी बुझाएपछि प्रहरी परिसरले जाहेरी लिएर २४ घण्टाभित्र जवाफ दिने जनाएको छ। अनेरास्ववियुले बालेन र सुदनमाथि सार्वजनिक सम्पत्तिको क्षति, युवा हत्या र जासुसी गतिविधिमा संलग्नताको आरोप लगाएको छ ।

सोमबारदेखि जेनजी समूहले सामाजिक सञ्जालमा ‘#एरेस्टओली #एरेस्टरमेशलेखक’ अभियान सुरु गरेपछि केही घण्टामै ह्यासट्याग भाइरल बनेको थियो। त्यसको प्रतिवादमा अनेरास्ववियुका नेताहरूले प्रतिरोधमा ‘#एरेस्टबालेन #एरेस्टसुदनगुरुङ’ अभियान सुरु गरेका छन् । 

दुवै पक्षका समर्थकहरू सडक र सामाजिक सञ्जालमा सक्रिय भएपछि काठमाडौं प्रहरी परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । परिसर आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने आवतजावतमा समेत रोक लगाइएको छ ।

यसैबीच, सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ गतेको राज्य दमन र त्यसपछिका गतिविधिबारे अनुसन्धान अघि बढाएको छ । आयोगले जेनजी आन्दोलन र त्यसमा संलग्न सुरक्षा निकायका अधिकारी दुवै पक्षका विषयमा प्रमाण संकलन गरिरहेको बताइएको छ ।

त्यस्तै, जेनजी अगुवाहरूका अनुसार भदौ २३ गते प्रहरीले चलाएको गोलीका कारण एक दर्जनभन्दा बढी प्रदर्शनकारीको ज्यान गएको थियो । त्यसको जिम्मेवार ओली र लेखक रहेको उनीहरूको भनाइ रहेको छ । साथै, उक्त दिन आदेश दिने माथिल्लो निकायका व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।

त्यसैले गर्दा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि ‘नेतृत्वकर्ताको हैसियत’ मा छानबिन र पक्राउको माग गर्दै तीव्र दबाब बढिरहेको छ । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको छन्, भने ७६ जनाले ज्यानै गुमाएका थिए । आन्दोलनकारी जेनजी समूहले उनीहरूलाई ‘जनविरोधी हिंसाको मुख्य जिम्मेवार’ ठहर गर्दै सरकारसँग औपचारिक रूपमा पक्राउको माग गरेका छन् । जनआक्रोश चुलिँदै जाँदा पनि सरकारले यस विषयमा स्पष्ट निर्णय लिन सकेको छैन ।  

सोमबार जेनजी समूहका अगुवा सुदन गुरुङको नेतृत्वमा एक प्रतिनिधि टोलीले काठमाडौं प्रहरी परिसर पुगेर ओली र लेखकविरुद्धको जाहेरी दर्ता गर्न दबाब दिएको थियो । प्रहरी परिसरले जाहेरी लिएर उक्त मुद्दा जाँचबुझका लागि गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको छ ।

हालसम्म प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कुनै ठोस प्रतिक्रिया आएको छैन, जसका कारण सरकारको भूमिकालाई लिएर चर्को आलोचना भइरहेको छ । जेनजी आन्दोलन मूलतः युवा पुस्ताद्वारा अगुवाइ गरिएको नागरिक आन्दोलन हो, जसले सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न, भ्रष्टाचारमा संलग्न नेताहरूलाई कारबाही गर्न, र राज्य संयन्त्रको पारदर्शिता सुनिश्चित गर्न प्रमुख माग राखेको छ । आन्दोलनले डिजिटल प्लेटफर्म र सडक संघर्षमार्फत सरकारमाथि निरन्तर दबाब दिँदै आएको छ । 

जेनजी आन्दोलनमा प्रहरीका बर्दी र हतियार लुटिएको छ साथै, ती प्रयोग गर्न सक्ने अपराधी जेलबाट भागेका छन् । ती अपराधीहरूले प्रहरीको भेषमा प्रदर्शनमा गोली चलाए भने, कसले चलायो भनेर छुट्याउन गाह्रो हुने अवस्था रहेको प्रहरीले जनाएको छ ।

त्यसैले प्रदर्शन रोक्न गृह मन्त्रालयले जेनजीसँग आग्रह गर्नुपर्ने सुझाव दिए। तर गृहमन्त्रीले भने २३ गतेको आन्दोलनमा दमन गर्नेहरूविरुद्ध कारबाही नहुँदासम्म जेनजीको आक्रोश थाम्न नसकिने बताउँछन् । सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै जेनजी प्रतिनिधिहरूले यदि ओली र लेखकमाथि कानूनी प्रक्रिया तत्काल अघि नबढाइयो भने आन्दोलन झन् चर्किनेछ र त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने चेतावनी दिएका छन् । 

जेनजी आन्दोलनमा प्रहरीका बर्दी र हतियार लुटिएको छ साथै, ती प्रयोग गर्न सक्ने अपराधी जेलबाट भागेका छन् । ती अपराधीहरूले प्रहरीको भेषमा प्रदर्शनमा गोली चलाए भने, कसले चलायो भनेर छुट्याउन गाह्रो हुने अवस्था रहेको प्रहरीले जनाएको छ ।

यस आन्दोलनले नेपाली राजनीतिमा युवाको भूमिकालाई नयाँ मोड दिइरहेको सरोकारवालाहरू बताउँछन् । राज्य संयन्त्रको असहयोग र ढिलासुस्तीले स्थिति थप जटिल हुने अवस्था देखिएको छ । तर पनि हालसम्ममा पनि वली र लेखक पक्राउ नपरेकाले गर्दा जेनजी अगुवाहरू दबाब दिइरहेका छन् । त्यस क्रममा उनीहरूले सरकारमाथि तीव्र दबाब सिर्जना गरिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अङ्गका प्रमुखहरूसँग आकस्मिक छलफल गरेकी छन् । 

त्यस्तै, विभिन्न कालखण्डहरूमा ओलीविरुद्ध विभिन्न आरोप लाग्दै आइरहेको छन् । ओली नेतृत्वको सरकारको बालुवाटार ल्यान्ड स्क्याम (ललिता निवास प्रकरण) निकै चर्चामा रहेको छ । यद्यपि प्रत्यक्ष संलग्नता पुष्टि नभए पनि उनको सरकारले दोषीहरूलाई जोगाएको आरोप लाग्यो । साथै, जेनजी आन्दोलनका क्रममा प्रहरी दमनको आरोप–हालैको आन्दोलनमा गोली चलाएको घटनामा उनीमाथि राज्यद्वारा हिंसा प्रयोग गर्न निर्देशन दिएको आरोप लागेको छ ।