नासा इन्भेष्टमेन्टलाई धितोपत्र बोर्डले अनुमति प्राप्त नगरेका व्यवसाय नगर्न पठायो पत्र

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड सेबोनले नासा ईन्भेष्टमेन्ट प्रा. लि. लाई पत्राचार गरेको छ । सेबोनले भृकुटी चौक, विराटनगर–५, स्थित नासा ईन्भेष्टमेन्टलाई अनुमति प्राप्त नगरेका धितोपत्र व्यवसाय सम्बन्धी कार्य बन्द गर्न निर्देशन दिदैं पत्रचार गरेको हो । 

नासा सेक्यूरिटिजले बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाताको सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको जानकारी प्राप्त भएकाले उक्त कार्य बन्द गर्न निर्देशन दिएको बताएको छ । 

प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उपर्युक्त कार्यहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाईने भएकोले बोर्डबाट अनुमति पत्र प्राप्त नगरी उल्लेखित कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने समेत बोर्डले जानकारी दिएको छ ।