बाढीले पावर हाउसमा क्षती पुर्याउँदा टुंगुन-ठास्ने र खानी खोलाको उत्पादन बन्द


काठमाडौं – बिहीबार रातीदेखि सुरु भएको भिष्ण बाढीका कारण देशभरका जलविद्युत आयोजनामो क्षती पुर्याएको छ । खोला र नदीको किनारमा आधारित आयोजनाहरुमा बाढी र पहिरोका कारण ठूलो क्षती पुगेको हो ।

यहीक्रममा खानी खोला हाइड्रोपावरमा समेत क्षती पुगेको छ । आयोजनाले दिएको जानकारीअनुसार टुगुन ठास्ने ४.३६ मेगावाट क्षमताको आयोजनाबाट उत्पादन बन्द भएको छ । आयोजनाको पावर हाउस तथा हेडवक्र्समा क्षती पुगेका कारण उत्पादन बन्द भएको जनाइएको छ ।

यसबाहेक बाढीका कारणले माण्डु हाइड्रोपावरको उत्पादन समेत प्रभावित बनेको छ । यस्तै २ मेगावाट क्षताको खानी खोला जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित बनेको छ ।