सपोर्ट माइक्रोफाइनान्सद्वारा सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा

सपोर्ट माइक्रोफाइनान्सद्वारा सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा


बैकिङ्ग समाचार ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनि लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत कोरोना बिमा गराएको छ ।

विश्वभर फैलिरहेको माहामारी र यसको बिषम परिस्थितिको सामना गर्दै नेपाल सरकार द्वारा गरिएको मुलुकभर लकडाउन र नेपाल राष्ट्र बैंकको निर्देशनको पुर्ण रुपमा पालना गरि सामाजिक दुरी कायम गर्दै साथै आवश्यक सावधानी अपनाई ग्राहकहरुलाई सेवा प्रदान गर्न खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति कर्मचारी विमाङ्क रकम रु.१००,०००(अक्षरेपी रुपैया एक लाख मात्र) बराबरको विमा गरिएको यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीनाले बताएका छन ।

हाल विश्वभर देखिएको कोरोना भाईरसको प्रकोप नेपालमा समेत दैनिक बढ्दो अवस्थामा रहेकाले सम्पूर्ण उद्योग धन्दा, कल कारखाना तथा संघ संस्थाहरुले श्रमीक तथा कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सावधानी अपनाई सेवा प्रदान गर्नका लागि थप उत्साहित तुल्याउन तथा उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नका लागि सबै संघ संस्था तथा कल कारखानाहरुले श्रमिक तथा कर्मचारीहरुको अनिवार्य रुपमा विमा गरिदिनुपर्ने धारण समेत व्यक्त गर्नुभयो ।