५ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै एशियन लाइफ


काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेय बिक्रीमा ल्याएको हो ।

कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता शेयर बिक्रीमा राखेको हो । सो शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउने कम्पनिीले जनाएको छ ।

संस्थापकले आजको मिती असोज ११ गतेको ३५ दिनभित्र उक्त शेयरका लागि आवेदन दिनुपर्नेछ ।