बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज (बिहीवार) रहेको छ । कम्पनीले २०७८ चैत २५ गतेदेखि १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । शेयरधनीले बिहीवार बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि २०७८ चैत १४ गते बुक क्लोज गरेको थियो । यस आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ । यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर बाँडफाँट पश्चात उक्त पूँजी रू. ३ अर्ब ८४ करोड पुग्नेछ ।
प्रतिक्रिया