मेगा र गण्डकी मर्ज हुँदै, दुवै बैंकले बोलाए विशेष साधारण सभा

मेगा र गण्डकी मर्ज हुँदै, दुवै बैंकले बोलाए विशेष साधारण सभा


बैकिङ्ग समाचार ।  

मेगा बैंक नेपाल लिमिटेड र गण्डमी विकास बैंकले जेठ २१ गते एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन्।

एक आपसमा मर्जर तथा प्राप्ती हुने सम्झौता गरेका यी दुई विकास बैंकले विशेष साधारणको विशेष प्रस्ताव मार्फत मर्जर प्राप्ती प्रकृयालाई अन्तिम स्वीकृति दिन लागेका हुन्।

मेगाले केन्द्रीय कार्यलय कमलादीमा र गण्डकी विकास बैंकले पनि केन्द्रीय कार्यालय चिप्लेढुङ्गा पोखरामा एकै समय बिहान ११ बजे सभा आह्वान गरेका हुन्।

जसका लागि मेगाले जेठ ११ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ भने गण्डकीको पांप्ती सम्झौता पश्चात शेयर कारोबार रोक्का रहेको छ।

मेगा र गण्डकीले गत असोज ८ गते एक बराबर एक शेयर स्वाप रेसियोमा प्राप्ती गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।