आइतबारको उछाल पछि आज फेरी घट्यो नेप्से, ३४.९५ अंकको गिरावट

आइतबारको उछाल पछि आज फेरी घट्यो नेप्से, ३४.९५ अंकको गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.९५ अंकले घटेर २ हजार ३ सय ८६ दशमलब ०१ विन्दुमा रोकिएको हो । त्यस्तै, आइतबार नेप्से ९५.४६ अंकले बढेर २ हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको थियो ।

नेप्सेमा आज २ अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८५८.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज सेन्ट्रल फाइनान्स, तारागाँउ रिजेन्सी होटल र मैलुङखोला जलविद्युत्त कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५  प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ८१ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।