बैंकिङ्ग समाचार, काठमाडौं ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता रू. ५० मा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले रू. १४ करोड ६२ लाख ५० हजार बराबरको प्रतिकित्ता रू. ५० अंकित दरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत चैत २५ गते आवेदन दिएको थियो ।
शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । उक्त कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिएको छ ।
उक्त कम्पनी नेपालको पहिलो निजी इक्विटी लगानी कम्पनी हो ।
प्रतिक्रिया