पुनर्बीमा कम्पनीको आरटिएस जिम्मा आरबीबी मर्चेण्टलाई, आईपीओ निश्कासन गर्दै 

पुनर्बीमा कम्पनीको आरटिएस जिम्मा आरबीबी मर्चेण्टलाई, आईपीओ निश्कासन गर्दै 


बैकिङ्ग समाचार ।  

पुनर्बीमा कम्पनीले शेयर सम्बन्धि सबै काम गर्नका लागि आरबीबी मर्चेण्ट बैंकिगंलाई रजिष्ट्रार टू शेयर (आरटीएस) नियुक्त गरेको छ । आरटीएस नियुक्त गर्ने सम्बन्धमा सम्झौता भएको आरबीबी मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले जनाए । 

शुक्रबार नै वित्तीय विबरण निकालेको पुनीर्बीमा कम्पनीले लकडाउनै समयमा आईपीओ बाँडफाँड गरेको थियो ।

उनले आईपीओ सूचीकरण गराउने प्रकृया पनि अघि बढाइएको बताए । ‘कम्पानीको आरटीएसको जिम्मा पाए लगत्तै आईपीओ सूचीकरणको काम अघि बढाएका छौं । छिट्टै शेयर सूचीकरण हुन्छ’ उनले भने ।

कोरोना संक्रमण सुरु भएको समयमा नै कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो ।

लकडाउन कै बिचमा बाँडफाँड गरिएको शेयर २७ हजार ७ सय ४८ जनाले १० कित्ता, १५ हजार ५ सय ९० जनाले २० कित्ता, १२ हजार ७ सय २३ जनाले ३० कित्ता र २० हजार ९ सय २९ जनाले ४० कित्ता पाएका थिए ।

५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका थिए । सोहीमध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका थिए । ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएकोमा पुनर्बीमा कम्पनीको शेयर पाउने कुल शेयरधनीको संख्या ३ लाख ९० हजार ६ सय ३८ छ ।