सेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

सेयर बजार बन्द गर्न धितोपत्र बोर्डको निर्देशन


बैकिङ्ग समाचार । 

सेयर बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्जलाई नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको अनलाइनखबरलाई बताए । बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको थियो ।

लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो । अझ बुधबार त बजार खुलेको ४० मिनेटमा नै सर्किट ब्रेक लागेर बन्द भयो ।

लकडाउनका बेला बजार धेरै घट्न सक्ने भएकाले नै नेपाल स्टक एक्सचेञ्जले २ प्रतिशत भन्दा धेरै घटबढ भए बजार सर्किट ब्रेक लाग्ने व्यवस्था गरेर खुलाएकाे थियाे ।

लकडाउनकै बीचमा २ दिन खुलेको बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लागेपछि ठूला लगानीकर्ताहरुले बजार बन्द गराउन माग गरेका थिए ।