सहयोगी विकास बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ

सहयोगी विकास बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ


बैकिङ्ग समाचार । 
सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वार्षिक २४.१४ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको छ। गत आवको चैत मसान्तमा १९ रुपैयाँ ४० पैसा रहेको बैंकको इपिएस ४.७४ रुपैयाँ बढेको हो।

बैंकले समीक्षा अवधिमा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिको तुलनामा बैंकको नाफा १ करोड ८१ लाख रुपैयाँ धेरै हो।

चुक्ता पूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ, शेयरधनी कोषमा २१ करोड ७२ लाख रुपैयाँ र ४३ लाख २९ हजार रुपैयाँ शेयर प्रिमियममा छ।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४ करोड ३९ लाख ६९ हजार रहेको छ।

चैत मसान्तसम्ममा बैंकले ४ अर्ब ७० करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले १८ करोड ५४ लाख खुद ब्याज आम्दानी र १३ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

बैंकको खराब कर्जा अनुपात ०.७६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६७.५३ रुपैयाँ, आधारदर १०.३० प्रतिशत र स्प्रेडदर ६.०८ प्रतिशत छ।

बैंकलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १०० बराबर ९१.७५ शेयर स्वाप अनुपातमा एक्वायर गर्ने अन्तिम चरणमा रहेको छ।