नेपाल लाइफको अग्रता कायमै, तेस्रो त्रैमाससम्म १८.४१ अर्ब बीमाशुल्क संकलन

नेपाल लाइफको अग्रता कायमै, तेस्रो त्रैमाससम्म १८.४१ अर्ब बीमाशुल्क संकलन


बैकिङ्ग समाचार । 
जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्तापूँजी र बीमाकोष रहेको नेपाल लाइफ इन्स्योरेन्स ले सधैँ झै चालु आवको तेस्रो त्रैमासमा पनि आफ्नो ब्यवसायको आकार वृद्धि गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

नेपाल लाइफले यस अवधिमा खुद बीमाशुल्क ३ अर्ब २२ करोडले बढाएको छ। चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको तेस्रो त्रैमाससम्ममा १५ अर्ब १९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

पाँच अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले तेस्रो त्रैमासको अन्त्यसम्ममा ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा कम्पनीले ४६ करोड ७२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको जगेडा कोषको आकार भने ४ अर्ब ४५ करोड १९ लाखबाट २ अर्ब ७३ करोड २१ लाख रुपैयाँमा घटेको छ। उता जीवन बीमा कोष ६० अर्ब ६२ करोड २८ लाखबाट ८१ अर्ब ३७ करोड ६६ लाख रुपैयाँमा र महाविपत्ती कोष ४३ करोड ६७ लाख रुपैयाँबाट बढेर ४७ करोड ५७ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ।

चैत मसान्तसम्ममा कम्पनीले ४३ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ दीर्घकालीन लगानी र २६ अर्ब २९ करोड ८० लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जामा उपयोग गरेको छ। कम्पनीले लगानी तथा कर्जाबाट ४ अर्ब १० करोड र पुनबीमा कमिशनबाट २ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ।

१६ अर्ब ६९ करोड ५ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाहबाट इन्स्योरेन्सले १ अर्ब १५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ।
चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीमा १२ लाख ८० हजार ३१० वटा बीमालेख जारी भएको छ।

इन्स्योरेन्सले ३० हजार ४७४ संख्यामा परेको ४ अर्ब ७६ करोड रुपैयाँ दाबी भुक्तानी गर्दा अझै ७२ करोड ४४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११.३४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५८.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९२.९२ गुणा छ।