३७ लाखको कारोबार नहुँदै ३९ मिनेटमै बन्द भयो शेयर बजार

३७ लाखको कारोबार नहुँदै ३९ मिनेटमै बन्द भयो शेयर बजार


बैकिङ्ग समाचार । 
लकडाउनको ४९ दिनपछि खुलेको सेयर बजार दोस्रो दिन पनि २ प्रतिशतले घटेर बन्द भएको छ ।

कारोबारको सुरुदेखि नै आरोलो लागेको सेयर बजार ४१ मिनेटमा २ प्रतिशतले घटेर बन्द भएको हो ।

७४ कम्पनीको कारोबारमा सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । १० हजार ५२६ कित्ता सेयर ३६ लाख १३ हजार ५२३ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा भारी गिरावट देखिएको छ । बैंकिङ २५.६५, जलविद्युत कम्पनी १८.०३, निर्जीबन बीमा कम्पनी ५७.१७, उत्पादन तथा प्रशोधन ३४.२२, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा समूहको उपसूचक १२९.९७ अंकले घटेको छ ।

लकडाउनको ४९ दिनपछि आइतबारको कारोबारमा पनि बजार २ प्रतिशनको नकारात्मक सर्किट लागेपछि झण्डै डेढ घन्टामा बन्द भएको थियो । दोस्रो दिनको कारोबार १ घन्टा पनि पुरा हुन सकेन ।

चालु आवको ९ महिना अवधिमा कम्पनीले ९ हजार ४६० वटा संख्यामा दाबी बापत परेको १ अर्ब २६ करोड ८७ लाख रुपैयाँ भुक्तानी गर्दा ४ हजार १५७ वटा दाबी बापत ७२ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर नेटवर्थ २८४.२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.३३ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।