भारत सरकारद्धारा २० लाख करोडको विशेष आर्थिक प्याकेज घोषणा

भारत सरकारद्धारा २० लाख करोडको विशेष आर्थिक प्याकेज घोषणा


एजेन्सी, 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड भारुको विशेष आर्थिक राहातको प्याकेज घोषणा गरेका छन् ।

उनले मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको विशेष प्याकेज ल्याएको जानकारी गराएका हुन ।

यो रकम भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १० प्रतिशत हो।  आर्थिक प्याकेजले आत्मनिर्भर भारत अभियानका लागि महत्वपूर्ण भूमिका खेल्‍ने मोदीले बताएका छन् ।

आत्मनिर्भर भारत अभियानको संकल्प सिद्द गर्नका लागि ल्यान्ड, लेबर लिक्विडीटी ल मा बल दिइएको छ । यसले कुटिर उद्योग, साना उद्योग र मझौला उद्योगलाई विशेष सहयोग पुग्‍ने छ ।

यसैगरी, मोदीले लकडाउको चौँथो चरण पनि लागू गरिने तर नयाँ नियमहरु लागू गरिने बताए। मोदीले सम्बोधनका क्रममा आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको बताए।