नयाँ वर्षको पहिलो कारोबार दिन २९.६० अंकले घट्यो नेप्से, डेढ अर्बको पनि भएन कारोबार

नयाँ वर्षको पहिलो कारोबार दिन २९.६० अंकले घट्यो नेप्से, डेढ अर्बको पनि भएन कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.६० अंकले घटेर २ हजार ३ सय ८५ दशमलब ६४ विन्दुमा रोकिएको हो । त्यस्तै, आज नेप्सेमा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८८.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने इमर्जिङ कम्पनीको ७ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको छ ।