नेपाल टेलिकमको नाफा घट्यो !

नेपाल टेलिकमको नाफा घट्यो !


बैकिङ्ग समाचार  । 
आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक अवधिसम्म नेपाल टेलिकमले ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३४ करोड रुपैयाँले अर्थात ४.३० प्रतिशतले घटेको हो । टेलिकमले अघिल्लो वर्षको चैतसम्ममा ७ अर्ब ९० करोड ३७ लाख नाफा गरेको थियो ।

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी घटेको छ । यस अवधिमा कम्पनीले २६ अर्ब ८३ करोड ६६ लाख सेवा बिक्री वापत आम्दानी गरेको छ । अघिल्लो चैतसम्म यस्तो आम्दानी २७ अर्ब ५० करोड ६० लाख थियो । सेवा बिक्रीको वापतको आम्दानीमा ६७ करोड बढीले गिरावट आएको हो । कम्पनीले अन्य स्रोतबाट ५ अर्ब ४३ करोड आम्दानी गरेको छ ।

कम्पनीको कर्मचारी खर्च बढेको छ भने संचालन खर्चमा कटौति गरेको छ। प्रोमोशनल खर्च पनि घट्दै गएको छ । कम्पनीले रिचार्ज कार्डमा ८५ करोड ३३ लाख डिस्काउन्ट दिएको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात ९.२६ गुणा छ भने नेट वर्थ ६१३.१७ रुपैयाँ छ । कम्पनीको ईपीएस ६२.३ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७६ अर्ब ९७ करोड जम्मा भएको छ ।