सिद्धार्थ इन्स्योरेन्सको नाफा ११ प्रतिशतले घट्यो

सिद्धार्थ इन्स्योरेन्सको नाफा ११ प्रतिशतले घट्यो


बैकिङ्ग समाचार । 
सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ११.४२ प्रतिशतले घटेको छ।

इन्स्योरेन्सले चालु आवको ९ महिनामा १६ करोड ३ लाख ३६ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ। जबकी गत आवको यसै अवपधिमा नै कम्पनीले १८ करोड १० लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ। चैत मसान्तसम्म कम्पनीले ६१ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिमा ६१ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ८० लाख रुपैयाँले संकुचन आएको हो।

कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा गई समग्र अर्थतन्त्रमा प्रभाव पारेकाले सो को प्रभाव आफ्नो नाफामा पनि परेको कम्पनीको भनाई छ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी २१.३८ रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा वार्षिक २७.८७ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ २०८.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २.५२ गुणा छ ।

यस अवधिसम्ममा सिद्धार्थको जगेडा कोषमा २३ करोड ८४ लाख रुपैयाँ, बीमा कोषमा ७५ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २५ करोड ६१ लाख, र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले हालसम्म एक लाख ३ हजार ९३३ वटा बीमालेख जारी गरी इन्स्योरेन्सको २० हजार २५७ वटा बीमालेख नवीकरण भएका छन् । उसले बीमालेखबाट एक अर्ब ४९ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको ९ महिना अवधिमा कम्पनीले ४ हजार ३२१ दाबी बापत ६६ करोड ९२ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ७८२ वटा संख्यामा परेको ८१ करोड ४३ लाख ३६ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी छ ।