ज्योति विकास बैंकको पछिल्लो तीन महिनामा १५ करोड नाफा बढ्यो , चैतसम्म साढे ४३ करोड माथि

ज्योति विकास बैंकको पछिल्लो तीन महिनामा १५ करोड नाफा बढ्यो , चैतसम्म साढे ४३ करोड माथि


बैकिङ्ग समाचार । 
ज्योति विकास बैंकले लकडाउनका बीच पद्धिल्लो तीन महिना अर्थात माघदेखि चैतसम्ममा १५ करोड ५१ लाख रुपैयाँले खुद नाफा बढाएर तेस्रो त्रैमाससम्म ४३ करोड ६० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिमा बैंकले २८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ५२.७८ प्रतिशत अर्थात १५ करोड ६ लाख रुपैयाँले खुद नाफा वृद्धि गरेको हो।

बैंकको कुशल ब्यवस्थापनका कारण व्यवसायको आकार विस्तारसँगै ज्योति विकास बैंकको नाफामा पनि सुधार हुँदै आइरहेको छ। व्यवसाय विस्तारमा जोड दिँदै खर्च र आम्दानीका सूचकलाई सन्तुलनमा राख्दा नाफा वृद्धि गर्न बैंक सफल भएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ५४ लाख २५ रुपैयाँ रहेको छ। राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ९ करोड ६५ लाख र नियामकीय जगेडा अन्तर्गत २६ करोड ७२ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने न्यून देखिएको हो।

चुक्ता पूँजी तीन अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी प्रतिशेयर आम्दानी १६.६३ रुपैयाँ कायम भएको छ। यो गत आवको यसै अवधिको तुलनामा ४.३६ रुपैयाँले बढी हो।

बैंकको शेयरधनी कोषमा १९ करोड ८५ लाख रुपैयाँ र जगेडा कोषमा ७२ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १२६.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.९८ गुणा छ।

चैत मसान्तसम्ममा बैंकले ३० अर्ब १४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २८ अर्ब ८ करोड ९९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट चालु आर्थिक वर्षको ९ महिना अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ करोड ६९ लाख रुपैयाँ अर्थात ३५.८३ प्रतिशत धेरै हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ६२ करोड ३१ लाख ५२ हजार रुपैयाँ रहेको छ। गत आवको यसै अवधिसम्ममा बैंकको सञ्चालन नाफा ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ रहेको थियो।

वित्तीय विवरण अनुसार बैंकको निष्किृय कर्जा अनुपातमा सुधार आएको छ। गत आवको यसै अवधिमा ०.९२ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा अनुपात ०.७६ प्रतिशतमा सुधारिएको हो।

बैंकको कोषको लागत ८.४३ प्रतिशत, पूँजीकोष अनुपात १५.४९ प्रतिशत, आधार दर ११.१६ प्रतिशत र स्प्रेड दर ४.९४ प्रतिशत छ।