मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो,  अधिकांश सूचकमा प्रगति

मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो,  अधिकांश सूचकमा प्रगति


बैकिङ्ग समाचार । 
मुक्तिनाथ विकास बैंकले भने नाफा बढेको, वितरणयोग्य मुनाफा पनि सन्तोषजनक नै रहेको र बाँकी प्रमुख वित्तीय सूचकहरुमा पनि प्रगति भएको वित्तीय विवरण प्रकाशन गरेको छ । 

देशकै बलियो विकास बैंकको रुपमा रहेको मुक्तिनाथले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ६७ करोड ६० लाख नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६२ करोड ५५ लाखमा सीमित थियो । 

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख आर्जन गरेको छ । यो बैंकको हालको चुक्तापूँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

बैंकको प्रिमियममा ६ करोड ४० लाख रुपैयाँ छ । प्रिमियममा रहेको रकम समेत लाभांशको रुपमा बाँड्न सकिने भएकोले धेरै बैंकहरु खराब अवस्थाबाट गुज्रिए पनि मुक्तिनाथले लगानीकर्तालाई निराश नपार्ने देखिन्छ । 

यो अवधिमा बैंकको रिटेन अर्निङ ३४ करोड ८० लाख रहेको छ । अघिल्लो वर्ष ७० करोड ५६ लाख थियो । 

समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकको संचालन मुनाफा बढेर ९६ करोड ५७ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा ९० करोड ४४ लाखमा सीमित थियो । 

बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रै बढोत्तरी भएको छ । चालु आबको तेश्रो त्रैमाससम्म २ अर्ब १० करोड खूद ब्याज आम्दानी गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ८१ करोडमा सीमित थियो । 

समीक्षा अवधिमा बैंकले ५० अर्ब ९४ करोड निक्षेप संकलन गरी ४७ अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४१ अर्ब ४७ करोड निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको थियो । 

बैंकको रिजर्बको आकारतर्फ आकर्षक बढोत्तरी भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्बमा ६ करोड ७९ लाख रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म १ अर्ब २ करोडको उचाईमा पुगेको हो । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) समेत बढेको छ । अघिल्लो वर्ष २०.३० रुपैयाँ रहेको इपीएस यो वर्ष २१.११ रुपैयाँ कायम भएको हो । 

विषम परिस्थितिका बाबजुद बैंकले कस्ट अफ फण्डलाई समेत घटाउने सफलता पाएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म कस्ट अफ फण्ड ८.७४ प्रतिशत रहेकोमा त्यो घटी यो वर्ष ८.६३ प्रतिशतमा सीमित बनेको देखिएको हो । 

बैंकको खराब कर्जाको अनुपात ०.०९ प्रतिशत रहेको छ भने बेस रेट ११.३९, सीडी रेसियो ७७.८२ प्रतिशत कायम भएको छ । 

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ  १३३.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.०३(वार्षिक) गुणा, तरलता अनुपात २४.४० प्रतिशत तथा पूँजीकोष अनुपात १२.६३ प्रतिशत रहेको छ । 

Financial Notice 3rd Quarter.pdf