साउदी अरेबियामा भ्याट तीन गुणा बढाइयो

साउदी अरेबियामा भ्याट तीन गुणा बढाइयो


बैकिङ्ग समाचार ।
कोभिड १९ का कारण देशको अर्थतन्त्र संकटमा परेपछि साउदी अरेबियाको सरकारले भ्याट तीन गुणा बढाउने निर्णय गरेको छ । तेल उत्पादनमा आभारित अर्थतन्त्र भएको मुलुक संसारभर तेलको मूल्यमा गिरावट आएपछि समस्यामा परेको छ । जसकारण, सरकारले १ जुलाईदेखि लागू हुने गरी भ्याट १५ प्रतिशत पुर्याउने निर्णय गरेको हो । दुई वर्षदेखि भ्याट ५ प्रतिशत रहेको थियो ।

त्यस्तै, सरकारले कष्ट अफ लिभिङ भत्ता पनि रोक्ने भएको छ । यस्तो भ१ा १ जुनदेखि रोक्ने घोषणा गरिएको छ ।

सरकारको यो कदम दुःखदायी भएतापनि देशको अर्थतन्त्र बचाउन अत्यावश्यक भएको साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल जदानले बताए ।