खर्च गर्नुपर्ने सामाजिक उत्तरदायित्वको रकमको ५० % संघबाट खर्च गर्ने बैंकहरुको तयारी 

खर्च गर्नुपर्ने सामाजिक उत्तरदायित्वको रकमको ५० % संघबाट खर्च गर्ने बैंकहरुको तयारी 


बैकिङ्ग समाचार ।
वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले बैंकहरुले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नु पर्ने रकममध्ये आधा रकम संघमार्फत् खर्च गर्न पाउने व्यवस्था मिलाइदिन आग्रह गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

बैंक आफैंले खर्च गर्दा स–साना काममा खर्च भएको भन्दै संघले यस्तो माग गरेको अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

‘सीएसआरको रकमको ५० प्रतिशत संघमा जम्मा गर्ने र त्यसलाई आवश्यकता अनुसार स्वास्थ्य, सामाजिक, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्ने संघको उदेश्य छ,’ अध्यक्ष दाहालले क्लिकमाण्डूसँग भने ‘यसका लागि राष्ट्र बैंकलाई पत्राचार गरिसकेका छौं ।’

सबै बैंकहरुले कोषमा रकम जम्मा गर्दा ठुलो परिमाणमा रकम जम्मा हुने भएकाले सो रकमले बैंकिङ क्षेत्रको योगदान समाज कल्याणमा धेरै हुने उनको भनाइ छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले कुल नाफाको १ प्रतिशत रकम सीएसआरमा अनिवार्य खर्च गर्नु पर्ने व्यवस्था गरेको थियो । जसअनुसार हालसम्म बैंकिङ क्षेत्रबाट अर्बौ रुपैयाँ सीएसआर अन्तर्गत खर्च भइरहेको छ ।

बैंकहरुले नाफाको १ प्रतिशत रकम आफुखुसी खर्च गर्ने र सोको जानकारी राष्ट्र बैंकका गराइरहेका छन् ।