गर्भवतीहरु कोरोना भाइरसबाट कसरी बच्ने ? डा. रंगीना लाइकङबमका टिप्स

गर्भवतीहरु कोरोना भाइरसबाट कसरी बच्ने ? डा. रंगीना लाइकङबमका टिप्स


कोरोना भाइरसका कारण यतीबेला मुलकमा लकडाउन कायम छ । लकडाउनका कारण आम जनताका दैनिक कामकार्यहरु प्रभावित बनेका छन् । यस्तो अवस्थामा अस्पतालहरुले पनि आफुले चाहेअनुरुपको सेवा दिन असक्षम छन् । सिमित रुपमा अस्पतालहरु खुलेका छन् तर तिनिहरुले दिने सेवा भने प्रभावित बनेको छ । बिरामीहरु, दिर्घ रोगीहरु, सुगर प्रेसरका विरामीहरुले पनि यथास्थितीमा औषधीहरु नपाएको गुनासो गर्न थालेका छन् ।

यस्तो अवस्थामा उनीहरु त प्रभावित बने बने तर नियमित रुपमा चेकजाँच गर्नुपर्ने गर्भवति महिलाहरुलाई असर गरेको छ । यदी गर्भवती महिलाहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा के गर्ने ? यसको संक्रमणबाट कसरी बच्ने ? आफु र बच्चा दुवैको ख्याल कसरी गर्ने ? लगायतका तमाम विषयमा बरिष्ठ प्रसुति, इण्डोस्कोपिक तथा गाईनोलोजिस्ट विशेषज्ञ डा. रंगीना लाईकङबमद्धारा जारी टिप्सहरु यस प्रकार छन्ः 

१) पटक–पटक  साबुन पानी वा अल्कोहल मिश्रित हात धुने झोल प्रयोग गरेर बारम्बार हात धुने । 

२ ) आफु र अन्य व्यक्तीबीच दुरी कायम राख्ने । 

३ ) आफ्नो आँखा, नाक र मुख हातले नछुने । 

४) ज्वोरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त उपचार गर्नुपर्छ । 

५) श्वासप्रसासप्रति सरसफाईमा ध्यान निने । 

६) खोक्दा वा हाँच्छ्यु गर्दा आफ्नो नाक र मुखलाई कुइनो वा रुमालले छोप्ने ।