बैंकिङ्ग समाचार, काठमाडौं ।
सामलिङ्ग पावर कम्पनीको तेस्रो वार्षिक साधारण सभा भोली (सोमवार) हुने भएको छ ।
कम्पनीले सभा कार्की व्याक्वेंट बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ। सभाले कम्पनीको सञ्चालक समितिमा कायम ११ जना सदस्यबाट घटाई ७ जना कायम गर्ने र सर्वसाधारण शेयरधनीको समूहबाट एक जना तथा समूहग गबाट एक जना गरी दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा चैेत ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया