हिमालयन बैंकको खुद नाफा १५% बढ्यो, वितरणयोग्य नाफा ८२ करोड बढी

हिमालयन बैंकको खुद नाफा १५% बढ्यो, वितरणयोग्य नाफा ८२ करोड बढी


बैकिङ्ग समाचार । 
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफा १५ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ३१ करोड ७१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

गत आवको चैतसम्म बैंकले २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको ९ महिनाको वितरणयोग्य नाफा ८२ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ।  आम्दानीका सबैजसो सूचकहरुमा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा सुधार भएको छ भने खराब कर्जा अनुपातमा पनि सुधार भएको छ। यस्तै बचत संकलन र कर्जा लगानी पनि  बढेको छ। 

चुक्ता पूँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३२.९६ रुपैयाँ छ। यस्तै बैंकको खराब कर्जा अनुपात १.११ प्रतिशत,  प्रतिशेयर नेटवर्थ १८४.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.१७ गुणा छ। 

तेस्रो त्रैमाससम्ममा बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। बैंकको पूँजी कोष अनुपात १३.४२ प्रतिशत, कोषको लागत ६.४७ प्रतिशत रहेको छ।

चैत मसान्तसम्म १ खर्ब १६ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब ८२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ३ अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ७ करोड ९० लाख रुपैयाँ धेरै हो।

कर्जा नोक्सानी व्यवस्थापनबाट १४ करोड ५५ लाख रुपैयाँ रकम फिर्ता आएपछि बैंकको सञ्चालन नाफा बढेर ३ अर्ब ८ करोड ६४ लाख २५ हजार रुपैयाँ पुगेको छ।  गत आवको यसै अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ रहेको थियो।