बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३.९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलब ३० विन्दुमा रोकिएको हो । बुधबार नेप्से ४०.६८ अंकले बढेर २ हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज कारोबार रकम पनि सामान्य घटेको छ । आज १ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२२४.८० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०५५.७० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज ६ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमर्जिङ नेपालको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया