सेञ्चुरी बैंकको खुद नाफा ९१ करोड बढी, वितरणयोग्य नाफा १३ करोड मात्र

सेञ्चुरी बैंकको खुद नाफा ९१ करोड बढी, वितरणयोग्य नाफा १३ करोड मात्र


बैकिङ्ग समाचार । 

सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा आकर्षक प्रगति गरेको छ।

बैंकले आइतबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चैतसम्म ९१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आवको यसै अवधिको तुलनामा ४९.९५ प्रतिशतले धेरै हो। गत चैतमा बैंकले ६१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको ९ महिनामा बैंकको वितरण योग्य मुनाफा भने १३ करोड ४१ लाख रुपैयाँ मात्र रहेको छ।

चुक्ता पूँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १४.५१ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको इपिएस ४.६४ रुपैयाँले वृद्धि भएको हो। बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख, शेयरधनी कोषमा ६६ करोड ७९ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ४३ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ९७ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो।

यस्तै बैंकको सञ्चालन नाफा ८६ करोड ४२ लाखबाट ३९ करोड ५८ लाख रुपैयाँ बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.९६ गुणा छ।