एक तिहाइ कर्मचारीले मात्र बैंक खोल्नुपर्ने, बैंकमा भएको सवारीसाधनमा २५ % लाई मात्र पास

एक तिहाइ कर्मचारीले मात्र बैंक खोल्नुपर्ने, बैंकमा भएको सवारीसाधनमा २५ % लाई मात्र पास


बैकिङ्ग समाचार ।  
बैंक तथा वित्तीय संस्था आइतबारदेखि एक तिहाइ कर्मचारीले मात्र खोल्नुपर्ने भएको छ ।

सरकारले बैंक तथा वित्तीय संस्था खोल्न दिने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाको शाखा एक तिहाइ कर्मचारीले मात्र खोल्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै एक तिहाइ कर्मचारीले मात्र कार्यालय बोलाएर सेवा संचालन गर्नुपर्ने जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थामा रहेका सवारी साधनमा २५ प्रतिशतले सवारी साधनले मात्र पास पाउने छन्,यसको लागि बैंकको प्रधान कार्यालयले सवारी नम्बर,सवारी उपभोग गर्नेको नाम तथा समय र स्थान ताेकी पत्र कर्मचारीलाइ दिनुपर्ने छ । साेहीलाइ पास मानिने छ ’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

बैंकिङ सेवामा विद्युतीय कारोबारलाई प्रोत्साहन दिनुपर्ने छ भने बैंकिङ कार्यालय संचालनको लागि आवश्यक सुरक्षाका सामाग्री माक्स,सेनिटाइजर तथा आवश्यक सुरक्षाको प्रवन्ध बैंकले गर्नुपर्ने छ ।