बीमा कम्पनीमा कोरोनाको असर शुन्य, निर्जीवन बीमा शुल्क साढे २ अर्बले बढ्यो

बीमा कम्पनीमा कोरोनाको असर शुन्य, निर्जीवन बीमा शुल्क साढे २ अर्बले बढ्यो


बैकिङ्ग समाचार । 
कुनै पनि कम्पनीको शेयर मूल्य ३ प्रतिशत भन्दा धेरै घटबढ नहुने

बैकिङ्ग समाचार ।  
सरकारले लकडाउनमा खुकुलो नीति अबलम्बन गरेसंगै अर्को साताबाट शेयर बजार खुल्ने भएको छ। सरकारले चैत ११ गते देखि गरेको लकडाउनका कारण बन्द रहेको शेयर कारोबार आगामी मंगलबार देखि हुने भएको हो ।

लकडाउनका कारण ४९ दिनपछि खुल्न लागको शेयर बजार मंगलबार देखि सिमित रुपमा मात्र सञ्चालन हुनेछ । दैनिक २ घण्टा मात्र कारोबार हुने गरी खोल्न लागिएको धितोपत्र बजारमा कारोबार मंगलबार देखि हुनेछ भने बजार संग सम्बद्ध निकायहरु आइतबार देखि नै खुल्नेछन ।

आइतबार देखि कार्यालयहरु खुले पनि धितोपत्रको कारोबार भने मंगलबारवाट हुने धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुङगानाले बताए ।मंगलबार देखि शेयर कारोबार गर्दा कुनै पनि कम्पनीको शेयर मूल्य ३ प्रतिशत भन्दा धेरै घटवढ हुने छैन ।

यसभन्दा अघि १० प्रतिशत सम्म घटवढ हुन सक्ने कम्पनीको शेयर मूल्य आशिंक रुपमा खुलेको बजारलाई सन्तुलनमा राख्नका लागि नयाँ व्यवस्था गरी सञ्चालन गरीने भएको उनले बताए ।

यसभन्दा अघि अघिल्लो दिनको कारोबार मूल्यमा ५ प्रतिशतसम्म वढाएर वा घटाएर कारोबार गर्न सकिने व्यवस्था थियो । त्यसलाइ यो अवधिमा एक प्रतिशतमा मात्र सिमित गरीएको छ भने कारोबार सुचारु भैसकेपछिको कारोबारमा २ प्रतिशत भन्दा धेरै शेयर मूल्य घटबढ गरेर मात्र कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्था भने विगतकै कायम राखेको हो ।

त्यसैगरी धितोपत्र बोर्डले कुनै पनि कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटे वा वढेमा सर्किट प्रयोग गरी कारोबार बन्द गथ्र्यो । तर, अर्को व्यवस्था नहुदासम्ममा कम्पनीको शेयर मूल्य ३ प्रतिशत घटे वा वढेको अवस्थामा सर्किटको प्रयोग गरी कारोबार रोकिने व्यवस्था गरेको छ । 

त्यसैगरी यसभन्दा ४, ५ र ६ प्रतिशतले बजार सूचक नेप्से घटे वा वढेको खण्डमा सर्किटको प्रयोग हुनेमा नयाँ व्यवस्था अनुसार २ प्रतिशतले घटे वा वढेको खण्डमा कारोबार बन्द हुनेछ ।