नेप्सेमा ४१.४३ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

नेप्सेमा ४१.४३ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.४३ अंकले घटेर २ हजार ५ सय ७२ दशमलब २३ विन्दुमा रोकिएको हो । त्यस्तै, आज ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३ सय रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९०१.४० रुपैयाँ पुगेको छ । त्यस्तै, इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८३६.७० रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६५६ रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीको ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँ पुगेको छ ।   

नेप्सेका अनुसार आज मल्टी पर्पोज फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनिको भएको छ । यस कम्पनीको आज २७ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ ।