बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल हाइड्रोपावरको २५ औं वार्षिक साधारण सभा आज (शुक्रवार) हुँदैछ । यस अघि कम्पनीले उक्त साधारण सभा फागुन ३० गतेलाई बोलाएकोमा सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको थियो ।
सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा शुक्रवार दिउँसो १ बजे शुरु हुनेछ ।
सभाले १८ दशमलव ५२ प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी, सभाले यस नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सुनकोशी हाइड्रो पावरको १०० कित्ता भएका शेयरधनीले प्राप्तिपछि नेशनल हाइड्रोपावर कम्पनीको २५ कित्ता हुने गरी प्राप्ति हुनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया