बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल सरकारको विकास ऋणपत्र आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. २५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो । २०८२ “च” नामक विकास ऋणपत्र चार वर्षे अवधिका लागि रू. १५ अर्ब बराबरको र २०८३ “च” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि रू. १० अर्ब बराबरको गरेर कुल रू. २५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
राष्ट्र बैंकले २०८२ “च” नामक विकास ऋणपत्र वार्षिक ५ दशलमव ९६ प्रतिशत ब्याजदरमा फागुन ४ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८२ फागुन ४ गते हुनेछ । त्यसैगरी २०८३ “च” नामक विकास ऋणपत्रको वार्षिक ६ दशलमव ९३ प्रतिशत ब्याजदरमा फागुन ९ गते निष्कासन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८३ फागुन ९ गने हुनेछ ।
प्रतिक्रिया