‘बैंक तथा वित्तिय क्षेत्रमा कोरोना भाइरसले पार्ने मुख्य असरहरु’ 

‘बैंक तथा वित्तिय क्षेत्रमा कोरोना भाइरसले पार्ने मुख्य असरहरु’ 


विदुर रेग्मी, बैंकर

विश्व अहिले कोरना भाइरस (कोभिड(१९) का कारण ठप्प छ । आर्थिक कारोबार पनि ठप्प छ । चीनबाट विश्वभर आतंक मच्चाइरहेको उक्त भाइरसका कारण नेपालले मनाइरहेको भ्रमण वर्ष पनि स्थगनको संघारमा पुग्यो । यसले पर्यटकीय गतिविधी बन्द भयो । नेपालमा मात्र हैन विश्वभर प्रयटकीय गतिविधि नै बन्द भएको यो पहिलोपटक हो । पर्यटकीय क्षेत्र मात्र नभई यतीबेला हेरेक क्षेत्रको आर्थिक कारोबार ठप्प छ । यसले गर्दा विश्व बजारमा सन् २००८ पछिकै ठुलो आर्थिक मन्दी आउने अवस्था देखीएको छ । कोरोना भाइरसको असरबाट नेपाल पनि अछुतो रहन सक्ने अवस्था नै छैन । विगतको विश्व आर्थिक मन्दीले त्यती धेरै प्रभाव नपरेको नपालमा यसपटक भने ठुलो आर्थिक मन्दी आउने निश्चित छ । 

नेपालको कुल ग्राहस्त उत्पादनको करिब २५ प्रतिशत रेमिट्यान्सको सहयोग छ । तर, कोरोना भाइरसका कारण यस वर्षको रेमिट्यान्स पूर्ण रुपमा चौपट हुने अवस्था छ । यस्तै नेपालको कुल ग्राहस्त उत्पादनको अर्को महत्वपुर्ण हिंसा भनेको पर्यटकीय क्षेत्र हो ।तर, यतीबेला यो व्यवसाय ठप्प छ । अव यस्तै भइरहने हो भने पर्यटन व्यवसाय ६ महिनादेखि अर्को एक वर्षसम्म यथास्थीतीमा आउन सक्ने अवस्थामा देखिदैन । विश्वभर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बैंक तथा वित्तिय क्षेत्र पनि निकै प्रभावित छन् । दैनिक आर्थिक कारोबारको आधारमा चल्ने नेपाली बैंक तथा वित्तिय संस्थाहरुमा कोरोना भाइरसका कारण देखिने मुख्य असरहरु यस प्रकार छन: 

नाफामा कटौती 

अहिले नेपालका बैंक तथा बितिय संस्थाहरु धेरै नाफा कमाउने संस्थामा गनिन्छन् । तर, कोरना भाइरसका कारण बैंक तथा बितिय संस्थाहरुको नाफामा ठुलो गिरावट आउने पक्का छ । साथै निस्त्रीय कर्जा बूद्धि हँुदा बैंक तथा बितिय संस्थाहरुले गर्नुपर्ने प्रोभिजनले नाफामा ठुलो गिरावट ल्याउने देखिन्छ ।

 

खराब कर्जा बढ्ने खतरा 

अहिले ऋणीहरुले लगेको ऋणको उपयोगिता एकदमै कमजोर रहेको छ । ऋणीहरुले कर्जा तिर्न सकेनन् र बैंकिङ क्षेत्र जोखिममा पर्न सक्ने देखिन्छ । कतिपय संस्थाहरु कर्मचारीलाई तलब दिन सक्ने अवस्थामा छैनन् । यदी बन्दाबन्दीको अवस्था बढ्दै जाने हो भने तिनीहरुले कर्जाको सांवा तथा व्याज तिर्न सक्ने अवस्था रहदैन । फलस्वरुप बैंक तथा बितिय संस्थाहरुको निस्त्रीय कर्जा बूद्धि हुने देखिन्छ । यदी यसरी बैंक तथा वित्तिय संस्थामा खराब कर्जा बढेर जानेट । यसले वित्तिय संस्थामा गम्भीर असर पर्न जान्छ । यदी असर परेको खण्डमा राज्यले जिम्मा लिँदैन । एक डेढ महिनाको अवस्थालाई हालसम्म सामान्य रुपले लिइएको छ । तर, पछि यसको ठूलो असर बैंकिङ क्षेत्रमा देखिन्छ । अब स्वास्थ्य सामग्री समयमा उपलब्ध गराउने, संक्रमितलाई उपचारको व्यवस्था गरी सरकारले लक डाउनलाई खुकुलो बनाएर अघि बढ्नुपर्छ ।

 

निक्षेप संकलनमा गिरावट 

कोरना भाइरस (कोभिड(१९) को कारण बन्दाबन्दीको कारण बैदेशीक रोजगारमा गएका धेरै नेपालीहरु स्वदेश फकर्नु पर्ने अवस्था आएको छ । कोराना भाइरसको समाधान पछि आउने विश्व आर्थिक मन्दीले बैदेशीक रोजगारको ढोका बन्द गर्नेछ । जसको असर बैंक तथा बितिय संस्थाहरुको निक्षेप संकलनमा देखिन्छ ।