बजारबाट पैसा कहाँ हरायो ? सिरानीमुनि छ कि म खोज्दैछु : अर्थमन्त्री शर्मा

बजारबाट पैसा कहाँ हरायो ? सिरानीमुनि छ कि म खोज्दैछु : अर्थमन्त्री शर्मा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
अर्थमन्त्री जनार्दन शर्माले बजारमा पैसा निष्कृय भएर बसेको बताएका छन् । शुक्रबार नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले हाल दुई किसिमले पुँजी हराइरहेको बताएका छन् । एउटा, विभिन्न प्रविधिहरूको दुरुपयोग र अर्को बजारबाटै हराएको बताउँदै उनले त्यसको खोजीको क्रममा आफू लागेको उनले बताए ।

‘पुँजी कतै हराइरहेको छ, दुई किसिमले हराएको मैले पाएको छु, एउटा विभिन्न प्रविधिहरूको दुरुपयोगबाट र अर्को बजारबाट, बजारबाट पैसा कहाँ हराएको छ, म खोज्दै छु, कतै सिरानी मुनी र ओछ्यानमुनि त बन्द भएको छैन, त्यसको खोजीमा म लागेको छु,’ मन्त्री शर्माले भने ।

विभिन्न प्रविधिहरूको दुरुपयोगबाट भएकालाई नियन्त्रण गर्ने समेत उनले बताए । साथै, हाल निष्कृय भई बसेको पुँजीतर्फ सबै नागरिकको ध्यान जानु पर्ने उनले जनाए । त्यस्तै, नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई नयाँ पूर्वाधार योजनाहरूमा लगानी गर्नुपर्ने उनको भनाइ छ । लगानी गरेको रकमबाट प्रतिफल पाउने वातावरण मिलाउन अर्थ मन्त्रालयले नयाँ योजनाहरू बनाउन लागिरहेको समेत उनले बताए ।