एसबीआई बैंकद्वारा रकम हस्तान्तरण

एसबीआई बैंकद्वारा रकम हस्तान्तरण


बैकिङ्ग समाचार । 
 नेपाल एसबीआई बैंकले संघीय सरकारको कोरोना कोषलाई रू. ५० लाख प्रदान गरेको छ । मंगलवार बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

कोरोना प्रभावितका लागि बैंकले विभिन्न शीर्षकमा रू. १ करोड सहयोग गर्ने प्रतिबद्धताअनुसार उक्त रकम कोषलाई हस्तान्तरण गरेको हो । यसअघि बैंकले प्रत्येक प्रदेश सरकारलाई रू. ५÷५ लाखको चेक हस्तान्तरण गरिसकेको छ ।

यस्तै कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानका अति विपन्न व्यक्ति र समूदायको राहतका लागि रू. १५ लाख खर्च गरिसकेको बैंकले जानकारी दिएको छ ।