युनाइटेड फाइनान्स कम्पनीको नाफा ३९.८८ प्रतिशतले बढेपनि वितरणयोग्य मुनाफा ऋणात्मक

युनाइटेड फाइनान्स कम्पनीको नाफा ३९.८८ प्रतिशतले बढेपनि वितरणयोग्य मुनाफा ऋणात्मक


बैकिङ्ग समाचार । 

 युनाइटेड फाइनान्सकम्पनीको नाफा ३९.८८ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको ५ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ७ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सो अवधिमा कम्पनीले नाफा २ करोड ४ लाख रुपैयाँले बढाएको हो ।

चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ५९ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८१ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

जसबाट कम्पनीले २६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५ करोड ९९ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा २ करोड ९१ लाख रुपैयाँ बढेर १० करोड २३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको अधिकांश वित्तीय सूचक सकारात्मक भए पनि वितरणयोग्य मुनाफा भने ऋणात्मक छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा वितरणयोग्य मुनाफा ७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्ममा १ अर्ब ४ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २४ करोड १६ लाख ४ हजार रुपैयाँ र सेयरधनी कोषमा ७ करोड ७६ लाख रुपैयाँ रहेको छ साथै कम्पनीको सो अवधिमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १८ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७ सय ९१ रुपैयाँ ८६ पैसा मूल्य आम्दानी अनुपात १८.५२ गुणा छ ।