आइतबारदेखि शेयर कारोबार धमाधम चल्ने, लगानीकर्ता आकर्षित 

आइतबारदेखि शेयर कारोबार धमाधम चल्ने, लगानीकर्ता आकर्षित 


बैकिङ्ग समाचार । 

सरकारले थपिएको लकडाउन खुकुलो बनाउँदै धितोपत्र बजार कारोबार गर्न अनुमति दिएको छ।

आज बसेको मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु, बीमा, धितोपत्र, सहकारी संस्थाहरु मार्फत अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये बढीमा एक तिहाई कर्मचारीद्धारा सेवा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउज घोषणा गरेसँगै चैत ९ गते अन्तिम पटक शेयर कारोबार भएको थियो। त्यससता शेयर कारोबार बन्द छ । लकडाउन अवधि बढेसँगै नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र दलाल र लगानीकर्ताहरुले लामो समय शेयर कारोबार बन्द राख्दा अन्तराष्ट्रिय समुदायमा समेत राम्रो सन्देश नजाने भन्दै खुलाउनुपर्नेमा एकमत रहेका थिए।

यस्तै सरकारले अति आवश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा आवश्यक न्यूनतम कर्मचारीहरुबाट आलोपालो मिलाई कार्यालय सञ्चालन गरि तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको अनुशरण गरि सञ्चालन गर्ने निर्णय पनि गरेको छ।