चौतारी लघुवित्तको नाफा ४५ प्रतिशतले बढ्यो

चौतारी लघुवित्तको नाफा ४५ प्रतिशतले बढ्यो


बैकिङ्ग समाचार । 
चौतारी लघुवित्तले चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्म २ करोड ६८ लाख खुद मुनाफा गरेको छ ।

जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ४५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले एक करोड ८५ लाख खुद मुनाफा गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेपछि नाफा बढेको हो । लघुवित्तले यस अवधिमा ९४ करोड १९ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएरको छ भने सदस्यहरुबाट ६३ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७४ करोड ५२ लाख कर्जा लगानी गरेको छ ।

 लघुवित्तले ९ करोड २६ लाख खुद आम्दानी गरेको छ। जुन २ करोड २७ लाख बढी हो। यस अवधिमा लघुवित्तले ४ करोड २२ लाख संचालन नाफा गरेको छ।

चुक्ता पुँजी १९ करोड ९० लाख रहेको लघुवित्तको रिजर्भ कोषमा ५ करोड ६६ लाख रुपैयाँ छ । जसको प्रतिशेयर आम्दानी १८ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७४पैसा छ ।

लघुवित्तको निष्कृय कर्जा २.५३ प्रतिशत छ । यो लघुवित्त आरम्भ लघुवित्तसँग मर्जरको प्रक्रियामा रहेको छ।

आरम्भ लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चुक्ता पूँजी ६ करोड ४४ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५२ पैसा रहेको छ।

आरम्भ र चौतारी लघुवित्त १ः१ स्वाप रेसियोमा मर्जर प्रक्रियाको अन्तिम चरणमा रहेका छन् । नेपाल राष्ट्र बैंकले दुई महिना अगावै दुबै लघुवित्तलाई एक आपसमा मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरिसकेको छ।

मर्जरपछि आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने सम्झौता छ ।