रिलायन्स लाइफको नाफा २.२८ गुणा बढ्यो, ६३ करोडको आईपीओ प्रकृयामा

रिलायन्स लाइफको नाफा २.२८ गुणा बढ्यो, ६३ करोडको आईपीओ प्रकृयामा


बैकिङ्ग समाचार । 

रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । समयसँगै अनुभवी र कुशल व्यवस्थापनबाट आफ्नो व्यवसायीक दायरा फराकिलो बनाउँदै आएको इन्स्योरेन्सले यस त्रैमाससम्ममा आफ्नो खुद नाफा र बीमा शुल्क आर्जनमा पनि चमत्कारिक बढोत्तरी गरेको छ।

बिहीबार सार्वजनिक भएको अपरिस्कृत वित्तीय विरण अनुसार कम्पनीले ६ करोड १८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा २ करोड २० लाख १६ हजार खुद नाफा कमाएको यस कम्पनीले ३ करोड ९८ लाख रुपैयाँले नाफा वृद्धि गरेको हो।

यस अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत चैत मसान्तसम्ममा इन्स्योरेन्स कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

एक अर्ब ४७ लाख रुपैयाँ रहेको चुक्ता पूँजी इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८६ करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोषमा एक करोड ६६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

इन्स्योरन्सले हालसम्म १६ वटा दाबीवापत १ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने एक दाबी वापतको १० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । ९ हजार ९१२ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ३८ करोड ८९ लाखबाट बढेर ८३ करोड ३३ लाख पुगेको छ।

इन्स्योरेन्सले सर्वसाधारणमा प्राथमिक शेयर (आइपिओ) जारी गर्ने प्रक्रिया अनुसार इक्रा नेपालबाट रेटिङ्ग गराउँदा ग्रेड ४ रेटिङ्ग पाएको छ।