लक्ष्मी लघुवित्तको  खुद नाफा ९ करोड ८९ लाख

लक्ष्मी लघुवित्तको  खुद नाफा ९ करोड ८९ लाख


बैकिङ्ग समाचार । 

लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९ करोड ८९ लाख १० हजार रुपैंया खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासमा लघुवित्तले ७ करोड ९१ लाख ६० हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा २४.९५ प्रतिशतले बढेको हो।

लघुवित्तको खुद ब्याज आम्दानी सुधार आएपछि नाफा बढेको हो। जसको खुद ब्याज आम्दानी झण्डै २८ प्रतिशतले बढेर तेस्रो त्रैमाससम्म २७ करोड ४१ लाख पुगेको छ।

लघुवित्तको कोषको लागत ९.५१ प्रतिशतबाट बढेर ९.८९ प्रतिशत पुगेपनि ब्याज आम्दानी, संचालन नाफा लगायतमा सुधार गरेको छ।

तेस्रो त्रैमाससम्म लघुवित्तले १ अर्ब ५१ करोड ५६ लाख रुपैंया निक्षेप संकलनका साथै बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६० करोड २२ लाख रुपैंया कर्जा तथा सापटी लिएर ४ अर्ब ५२ करोड २२ लाख रुपैंया कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २४ करोड २० लाख रुपैंयाबाट बढेर २७ करोड ८३ लाख रुपैंया पुगेको छ । त्यसै गरी लघुवित्तको जगेडा कोषको आकार पनि समीक्षा अवधिमा २१ करोड ३७ लाखबाट बढेर २७ करोड ३३ लाख रुपैंया पुगेको छ ।

निष्क्रिय कर्जा अनुपात सामान्य बढेर १.७० प्रतिशत पुगेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैंया ३९ पैसा कायम गरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ पनि १९८ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात २०.१७ गूणा बढी मात्र कायम भएको छ ।