कामना सेवाको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा

कामना सेवाको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा


बैकिङ्ग समाचार।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस९कोभिड १९० कोे कारणले आम जनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंक यस प्रति जिम्मेवार बन्दै आमजनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।

नेको इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम रु. ५,००० रहनेछ । यो खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टि भएमा रु. ५०,००० को बीमा रकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA, Online Account opening लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।