गभर्र्नर अधिकारीको सम्पतिः १ करोडको शेयर कारोबार, १२ तोला सुन र जग्गा 

गभर्र्नर अधिकारीको सम्पतिः १ करोडको शेयर कारोबार, १२ तोला सुन र जग्गा 


बैकिङ्ग समाचार । 
गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पति विवरण सार्वजनिक गर्दै १ ललितपुरमा जग्गा र १२ तोला सुन रहेको जानकारी गराएका छन् । गभर्नर भएपछि उनले पेश गरेको सम्पत्ति विवरणमा बैंक तथा वित्तीय संस्था तथा जलविद्युत् कम्पनीमा १ करोड बराबरको सेयर रहेको देखिएको छ । गभर्नर अधिकारी र उनको परिवारका सदस्यको नाममा सो सेयर रहेको रहेको हो ।

गभर्नर अधिकारीले पेश गरेको विवरणमा नबिल, हिमालयन, सिदार्थ, बैक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, एनएमबि, ग्लोबल आइएमई बैंक र एनआईसी एशियामा प्राथमिक र दोस्रो बजारबाट किने सेयर रहेको बुझाएका छन् । 

बैंक तथा वित्तीय संस्थामा २७ हजार १८४ कित्ता सेयर रहेको छ । जसको लागत रकम ४८ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

\"\"

यस्तै चिलिमे,माथिल्लो तामाकोशी,सानिमा माइ जलविद्युत आयोजनामा पनि २७ हजार ९२९ कित्ता सेयर रहेको छ । जसको लागत मूल्य ४० लाख १७ हजार रुपैयाँ रहेको छ ।

गभर्नर अधिकारीसँग अहिले २२ वर्गमिटरमा बनाएको ललितपुर घर रहेको छ । सो घर संचयकोष सापटी र बैंकबाट ऋण लिएर २०५९ सालमा बनाएको अधिकारीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

गभर्नर अधिकारीको अधिकाशं सम्पत्ति श्रीमती सरिता अधिकारीको नाममा छ । बिराटनगरको जग्गा बेचेर ललितपुरमा जग्गा किनेको उल्लेख छ । 

यस्तै राष्ट्र बैंकबाट सेवा निवृत हुँदा पाएको रकमबाट गभर्नर अधिकारीले ललितपुरमा जग्गा किनेका छन् । मकवानपुरमा बचतबाट जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै गभर्नर अधिकारीसँग २७ तोला सुन र ५० तोला चाँदी रहेको छ । बैंक तथा वित्तीय संस्थामा १२ लाख रुपैयाँ बचत रहेको देखिएको छ ।

\"\"\"\"\"\"