श्रमिकहरुको चैत मसान्तसम्मको तलब तल्काल दिन सरकारको निर्देशन

श्रमिकहरुको चैत मसान्तसम्मको तलब तल्काल दिन सरकारको निर्देशन


बैकिङ्ग समाचार ।

सरकारले श्रमिकहरुको चैत मसान्तसम्मको तलब तल्काल दिन रोजगारदाताहरुलाई निर्देशन दिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार बिज्ञप्ति प्रकाशित गरी होटल क्षेत्रका मजदुरले पारिश्रमिक नपाएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै चैतसम्मको पारिश्रमिक दिन निर्देशन दिएको हो।

मन्त्रालयका सचिवको अध्यक्षतामा होटल एशोसियशन नेपाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका पदाधिकारीहरुको बैठकले २०७६ चैतसम्मको श्रमिकहरुले पाउनुपर्ने तलब तथा पारिश्रमिक तत्काल दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

साथै कोभिड–१९ को कारणले होटल व्यवसायमा परेको प्रभाव र समाधानका उपायहरू पहिचान गर्न आगामी दिनमा पनि सरकार, रोजगारदाता र श्रमिकबीचको सम्वादलाई निरन्तरता दिने निर्णय गरिएको छ।