ऋणीलाई बम्पर प्याकेजः राष्ट्र बैंकको २ % सहुलियतमा एनआईसी एशियाको थप १०% छुट

ऋणीलाई बम्पर प्याकेजः राष्ट्र बैंकको २ % सहुलियतमा एनआईसी एशियाको थप १०% छुट


बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकले ऋणीलाई ब्याजदरमा बम्पर छुट दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार २ प्रतिशत कर्जाको ब्याजदर घटाएको बैंकले बैशाख महिनाको किस्ता समयमा तिर्ने ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने जनाएको छ।

एनआईसी एशिया बैंकले राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याजदर घटाउने बाहेक बैशाख महिनासम्म तिनुपर्ने ब्याज तिरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत तथा जरिवाना ब्याजमा शतप्रतिशत छुट सुविधा दिने योजना ल्याएको हो ।

राष्ट्र बैंकले चैत महिनामा तिनुपर्ने बैंकको किस्ता तिर्दा १० प्रतिशत रकम ब्याज छुट हुने व्यवस्था गरेको थियो ।

बैशाखको किस्तामा पनि १० प्रतिशत छुट दिने घोषणा गरेको एनआइसी एशिया एकमात्र बैंक हो । अरु कुनै पनि बैंक तथा वित्तीय संस्थाले यस्तो छुटको घोषणा गरेका छैनन् ।

राष्ट्र बैंकले यसअघि चैतको किस्ता चैत मसान्तसम्ममा तिर्दा १० प्रतिशत छुटको व्यवस्था गरेको थियो । उक्त निर्देशन सबै बैंकले कार्यान्वयन गरेका थिए । तर, एनआइसी एशिया आफैंले बैशाखमा पनि छुटको व्यवस्था गरेको हो ।

यो छुटको व्यवस्थाले ऋणीलाई केही राहत हुने र समयमै किस्ता उठ्दा बैंकलाई पनि थप लगानी गर्न पुँजी जुट्छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चाल पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने बैंकले जनाएको छ ।

बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

बैंकले प्रदान गर्ने १०५ छुट आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत्र मसान्तको आधार दर भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

लकडाउनको अवस्थामा पनि बैंकले यसअघि नै ७ वटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गरिएको छ ।

‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरूका साथै ग्राहकले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।

ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई(कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गरेको छ ।