कोरोना भाइरसको बीमा घरमै बसीबसी ‘प्रभु पे’ बाट गर्न सकिने

कोरोना भाइरसको बीमा घरमै बसीबसी ‘प्रभु पे’ बाट गर्न सकिने


बैकिङ्ग समाचार ।
हाल फैलिँदो क्रममा रहेको कोरोना भाइरसको बीमा सुविधा सुरु भएसँगै  कोरोना बीमा घरमै बसेर गर्न सकिने भएको छ । प्रभु पे मोबाइल वालेट मार्फत कोरोना बीमा गर्न सकिने भएको हो । 

३०० रुपैयाँबाट सुरु हुने कोरोना भाइरस बीमा लेख खरिद गर्दा सम्भावित संक्रमणमा पहिलोपटक पोजेटिभ देखाए ५० हजार देखि एक लाखसम्मको आर्थिक सुरक्षा प्राप्त हुन्छ ।

कोरोना बीमा घरमै बसेर गर्न सकिन्छ । लकडाउनका कारण बीमा कम्पनी घरघरमा पुग्न नसक्ने र मानिसहरु बीमा कम्पनीसम्म पुग्न नसक्ने अबस्था आएका कारण मोवाइल वालेट यसका लागि प्रभावकारी बनेको छ । कोरोना बीमा गर्नका लागि प्रभु पे डाउनलोड गरेपछि सजिलै विभिन्न बीमा कम्पनीमा बीमा गर्न सकिन्छ ।

यो बीम लेख खरिद गर्न आफूले चाहेको जुनसुकै बीमा कम्पनी जस्तै : अजोड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, आईएमई इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स तथा युनाइटेड इन्स्योरेन्स मध्येबाट गर्न सकिने छ । त्यसका लागि प्रभु पे बाटै सिधै कोरोना भाइरस बीमा लेख खरिद गर्न सकिन्छ । यसका लागि वालेटमा एउटा फारम भर्नुपर्छ । साथमा हालसालै खिचिएको आफ्नो पासपोर्ट साइजको फोटो र नागरिकताको नक्कल अपलोड गर्नुपर्छ ।

बीमा गर्ने व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण भई पीसी आर टेस्ट पोजिटिभ भएको अवस्थामा बीमा लेखमा उल्लेखित सीमा सम्मको प्रतिव्यक्ति रकम प्रस्तावक, निजको परिवार वा नजिकको नातेदारलाई क्षतिपूर्ति प्रदान गरिनेछ । 

आफूले बीमा गरेको कम्पनीको नजिकैको शाखा कार्यालय, कर्मचारी वा बीमा अभिकर्ताहरुलाई सम्पर्क राखेर पनि योब ीमालेख प्राप्तगर्न सकिन्छ । बीमा सुरु भएको मितिदेखि १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ । कोरोना भाईरसको पीसीआर टेस्ट पोजिटिभभई पुष्टि हुनासाथ दाबीको लागि योग्य हुनेछ ।

१२ महिना अवधिको यो बीमा तीन महिनादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिहरुको गर्न सकिन्छ ।